सुदूरपश्चिममा थप ६४ जनामा कोरोना पुष्टि, सुदूरपश्चिममा मात्रै कोरोना संक्रमितको संख्या २५५ पुग्यो

कैलाली ।

सुदूरपश्चिम प्रदेशमा शनिबार ६४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । योसँगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या २५५ पुगेको छ ।

धनगढीस्थित प्रयोगशालामा गरिएको ‘पीसीआर’ परीक्षणमा थप ६४ जनामा कोरोना पुष्टि भएको सेती अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार शनिबार पुष्टि भएकामध्ये ५५ जना पुरुष र ९ जना महिला रहेका छन् ।

डडेल्धुराका २४ जना, कञ्चनपुरका २१ जना, कैलालीका ११ जना, बझाङका पाँचजना र डोटीका थप तीनजनामा संक्रमण देखिएको जनाइएको छ ।

संक्रमण पुष्टि भएकामध्ये दुईजनाको मृत्यु भइसकेको छ । २१ जना निको भएर यसअघि नै घर फर्किइसकेका छन् ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार