मालोर्काविरुद्ध बार्सिलोनाको चार गोल

काठमाडौँ ।

गएराति भएको स्पेनिस लिग लालिगामा बार्सिलोनाले मालोर्कालाई ४–० गोलले पराजित गर्न सफल भएको छ । बार्सिलोनाका लागि अर्तुरो भिडालले खेलको दोस्रो मिनेटमा नै गोल गर्दै अग्रता दिलाएका थिए ।

बार्सिलोनाका लागि खेलको ३७ औं मिनेटमा मार्टिन ब्रेथवेटले गोल गरे । त्यस्तै जोर्डी अल्बाले खेलको ७९ औ मिनेटमा गोल गरे ।

दोस्रो हाफको अन्तिम मिनेटमा लियोनल मेस्सीले गोल गरे । योसँगै यस सिजनको लिगमा मेस्सीले २० औं गोल गरेका छन् ।

यो जितसँगै बार्सिलोनाको २८ खेलबाट ६१ अंक भएको छ । त्यस्तै मालोर्का २५ अंकका साथ रेलिगेशन जोनमा रहेको छ । बार्सिलोनाभन्दा एक खेल कम खेलेको रियल मड्रिड ५ अंकले पछि परेको छ ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार