काठमाडौँ ।

कोरोना नियन्त्रणका लागि सरकारले प्रभावकारी काम नगरेको भन्दै म्याग्दी बेनीका युवाहरुले आज सरकार विरुद्ध प्रर्दशन गरेका छन् ।
जिल्ला प्रशासन कार्यालय अगाडी जम्मा भएका युवाहरुले प्लेकार्ड सहित भौतिक दुरी कायम गर्दै विरोध प्रर्दशन गरेका हुन् ।
उनीहरुले पीसीआर विधिबाट कोरोनाको परिक्षणमा तीव्रता दिनुपर्ने, बजेटको सही परिचालन गर्नुपर्ने, क्वारेन्टिनलाई मापदण्ड अनुसारको बनाउनुपर्ने, अनियमितता गर्नेलाई कारबाही गर्नुपर्नेलगायतका माग राखेका छन् ।
भ्रष्टाचार र बेथिति बढ्दै गएको र जनताले राहत पाउन नसकेको भन्दै उनीहरुले प्रर्दशन गरेका हुन् । यसैबीच बागलुङका युवाहरूले पनि शान्तिपूर्ण प्रदर्शन गरेका छन् ।
बागलुङ बजारको लोकतान्त्रिक चोकमा सरकारका काम तथा गतिविधि विरुद्ध प्रदर्शन गरेका हुन् ।
कोरोना भाइरसको नाममा खर्च भएको भनिएको १० अर्व नदेखाएको, भष्ट्रचार र अनियमितता बढेको, पिसीआर परिक्षण बढाउनुपर्नेलगायतका माग राखेर उनीहरुले प्रर्दशन गरेका हुन् ।
















