एक हप्तादेखि एनआरएनए पोर्चुगलको कार्यालयमा ताला, मारपिटमा संलग्न संघका पदाधिकारीहरुलाई बर्खास्त नगरेसम्म ताला नखोल्ने नागरिक समाजका युवाहरुको चेतावनी

लिस्बन।

गैर आवासिय नेपाली संघ पोर्चुगलको कार्यालयमा एक हप्तादेखि ताला लागेको छ। संघका पदाधिकारीहरुले नै सिलसिलेवार रुपमा नेपलीहरुमाथि संघातिक आक्रमण गरेपछि छलफल गर्न संघको कार्यालयमा पुगेका करिब २०० जना नागरिक समाजका युवाहहरु ३ घण्टासम्म पर्खिदा नेतृत्वले वास्तै नगरेपछि आक्रोशित भई गत शुक्रवार संघको कार्यालयमा मारपिटमा संलग्न संघका पदाधिकारीहरुलाई कारवाही नहुन्जेलसम्म भन्दै अनिश्चित समयका लागि ताला लगाईदिएका थिए।

नागरिक समाजका युवाहरुले संघभित्र मौलाएको गुण्डागर्दी र ज्यादती बिरुद्द अनलाईन हस्ताक्षर ( पेटिशन ) अभियान शुरु गरेका छन्। संघका पदाधिकारीहरुले बारम्बार सर्वसाधारणहरुलाई धम्काउने, मारपिट गर्ने गरेकाले सो पेटिशन गरिएको नागरिक समाजका युवाहरुले बताएका छन्।

संघकाका वरिष्ठ उपाध्यक्ष भीमसेन थापा लगायतले ७ जुन, २०२० , आइतबारका दिन मिलन रेग्मी र रोशन उप्रेतीमाथि साङ्घातिक आक्रमण गरेका थिए। आक्रमणबाट रेग्मीको कानको लोती च्यातिएर रगताम्मे भएका थिए । घाइते रेग्मीको च्यातिएको कानमा टाँका लगाईएको छ भने उप्रेतीको खुट्टा, घुँडा र कुहिनामा चोट लागेको थियो।

एनआरएनए पोर्तुगलका वरिष्ठ उपाध्यक्ष भीमसेन थापाले पाँचौ पटक नेपाली कुटेका छन्। एनआरएनए पोर्तुगलका अध्यक्ष तिलक गैरेले मान्छे कुट्ने आफ्नै कार्यसमिति पदाधिकारीहरुलाई कारवाही गर्नुको सट्टा उल्टै बचाउने र घटनालाई भित्रभित्र सामसुम पार्ने र मिलापत्र गर्ने बारम्बार मारपिट गर्ने र संघको साख गिराउने काम गर्नेहरुलाई समेत बचाउने रणनीतिमा लागिपरेपछि नागरिक समाजका युवाहरु आक्रोशित भएका हुन् ।

नागरिक समाजका करिब २०० युवाहरु संघको कार्यालयमा भेला भई अध्यक्ष गैरे र मारपिटमा उपाध्यक्ष थापालाई छलफल गर्न बोलाएका थिए। तीन घन्टासम्म पनि कुर्दा पनि नआएपछि र बारम्बार फोन सम्पर्क गर्दा फोन रिसिभ नगरेपछि आक्रोशित भएका युवाहरुले मारपिटमा संलग्न थापा सहित संघका सबै पदाधिकारीहरुको संघमा रहने नैतिकता नभएकोले तत्काल बर्खास्त गर्नुपर्ने माग राखेका थिए। बर्खास्त नगरेसम्म अनिश्चित कालसम्मका लागि उनीहरुले संघको कार्यालयमा एक सूचना टाँस गर्दै लगाईदिएका छन्।

नागरिक समाजका युवाहरूले बरिष्ठ उपाध्यक्ष लगायत घटनामा संलग्न सबैलाई बर्खास्त नगरेसम्म ताला नखुल्ने बताएका छन्।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार