क्वारेन्टिनमै एक युवाद्वारा आत्महत्या

बझाङ ।

छबिसपाथिभेरा गाउँपालिका–७ मजखोरी माध्यमिक विद्यालयमा क्वारेन्टाइनमा बसेका एक युवकले आत्महत्या गरेका छन् ।

छबिसपाथिभेराको बुडखोरीका ३० वर्षीय एक युवकले बसेको कोठाभित्रै झुन्डिएर आत्महत्या गरेका हुन् ।

तीन दिनअघि भारतबाट आएर क्वारेन्टाइनमा बसेका ती युवक एउटा कोठामा एक्लै बस्दै आएको र उनले कोठामै आत्महत्या गरेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

उनको कोरोना परीक्षण गर्ने तयारी भइरहेको बताइएको छ ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार