१० महिनादेखि पटकपटक छोरी बलात्कार गर्ने पक्राउ

ललितपुर ।

छोरी बलात्कार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

ललितपुर महालक्ष्मी नगरपालिका–६ बस्ने सिन्धुपाल्चोक घर भएका ४० वर्षीय पुरुषलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

उनले गत कात्तिकदेखि आफ्नै १७ वर्षीया छोरीलाई विभिन्न डरत्रास देखाएर पटकपटक बलात्कार गरेको भन्ने उजुरी परेको प्रहरीले जनाएको छ ।

छोरी बलात्कार गरेको भन्ने खबर पाउनासाथ महानगरीय प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरीले ती पुरुषलाई पक्राउ गरेको हो ।

घटनाका विषयमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार