काठमाडौं ।

अखिल नेपाल फुटबल संघ (एन्फा)विरुद्ध मानहानीको मुद्दा दर्ता भएको छ । अधिवक्ता सुजित केसीले सर्वोच्च अदालतमा एन्फा, एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पा र प्रवक्ता किरण राईलाई विपक्षी बनाउँदै मुद्दा दर्ता गरेका हुन् ।
गएको माघ २२ गते रौतहटको महिला फुटबल एकेडेमी गैरकानुनी रूपमा निर्माण गरिएको भन्दै सर्वोच्च अदालतले त्यस्तो कार्य तत्काल रोक्न आदेश जारि गरेको थियो, तर आदेश अनुसार नभएको केसीको ठहर छ ।
आदेशपछि सर्वोच्चले एन्फा कार्यसमितिलाई छलफलका लागि बोलाएको थियो । तर, एन्फाले माघ २६ गते एकेडेमीको घेरबारसहित अन्य कार्य गर्ने निर्णय गर्दै मुद्दा विचाराधिन रहँदा रहँदै अदालतको अपहेलना गरेको केसीले बताए । एन्फा बैठकले रौतहटमा निर्माणाधिन एकेडेमीका बारेमा केही महत्वपूर्ण निर्णय गरेको छ ।
निर्माण सम्पन्नको प्रमाणपत्र स्वीकृत गर्ने, ३९ लाख ५७ हजार १ सय १७ रुपैँया घेराबार र गार्ड हाउस निर्माणका लागि दिने, ४५ लाख ९७ हजार ७ सय १ रुपैँयामा फ्लोरिसिङको कामको ठेक्का लगाउने लगायतका निर्णय भएको थियो ।
















