पोर्चुगलमा कोरोना भाइरस : पछिल्लो २४ घण्टामा ५४२ जना संक्रमित, ८ को मृत्यु, मृत्यु हुने सबै राजधानी लिस्बनका !

सम्झना अधिकारी, लिस्बन।

पछिल्ला दिनहरुमा पोर्चुगलमा कोरोना भाइरस संक्रमित र मृत्यु हुनेको संख्यमा वृद्धि हुदै गएको छ। लकडाउन खुकुलो भएसंगै राजधानी लिस्बनमा बढेको चहलपहल र आम नागरिकहरुले गरेको स्वास्थ्य लापरवाहीका कारण कोरोनाका नयाँ संक्रमित र मृतकको संख्या राजधानी लिस्बनमै बढी देखिएको छ।

पोर्चुगलमा पछिल्लो २४ घण्टामा ५४२ जना कोरोनाका नयाँ संक्रमित फेला परेका छन् भने ८ जनाको मृत्यु भएको छ। कोरोनाका कारण मृत्यु भएका सबै ८ जना राजधानी लिस्बनका रहेको स्वास्थ्य महानिर्देशनालयले जनाएको छ।

पोर्चुगलमा कोरोना संक्रमणले ज्यान गुमाउनेहरुको संख्या १६५४ पुगेको छ , जसमध्ये ८२६ पुरुष र ८२८ महिला रहेका छन्।

त्यस्तै हालसम्म संक्रमित हुनेको संख्या ४६ हजार २२१ पुगेको छ।

पछिल्लो २४ घण्टामा ३०५ जना उपचार पश्चात निको भएका छन्। संक्रमितहरुमध्ये ४५९ जना अस्पताल भर्ना भएका छन् भने ६८ जनाको आइसीयुमा उपचार भईरहेको छ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार