लिस्बनको एस्टोरिल समुन्द्री तटमा दुईजनामाथि छुरा प्रहार, छुट्टी मनाउन गएकाहरु भागाभाग ( लाइभ भिडियो सहित )

लिस्बन।

लिस्बनको एस्टोरिल समुन्द्री तटमा दुईजनामाथि छुरा प्रहार भएको छ।

शनिवारको दिन बिदा मनाउन एस्टोरिल समुन्द्री तटमा जम्मा भएका युवाहरुको दुई समूहबीच बिबाद हुदा सो घटना भएको हो।

घटनामा दर्जनौ युवाहरु सम्मिलित थिए। हिंसाले समुद्र किनारमा छुट्टी मनाउन गएकाहरु बीचमा त्रास ल्यायो र भागाभाग भयो। ।

एस्टोरिलको तामारिज समुद्री किनारमा भएको झगडाको क्रममा हिजो शनिबार दिउँसो १५ र १६ बर्षका दुई युवाहरुमाथि छुरा प्रहार भएको थियो।

पीएसपी प्रहरीका अनुसार झन्डै दुई दर्जन युवाका बीच साँझ ६ बजेतिर झगडा भएको थियो ।

घटनामा घाइते भएका कास्काइसका बासिन्दा दुवैलाई एस्टोरिल फायर डिपार्टमेन्टले कास्काइस अस्पतालमा उपचारका लागि लागेको थियो।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार