म्याग्दी।

असार २५ गतेयता परेको अविरल बर्षाका कारण म्याग्दीको विभिन्न ठाउमा गएको बाढीपहिरोका पिडितहरुलाई म्याग्देली प्रवासी नेपाली संघ ( मोना ) आइसीसीले सहयोग गरेको छ।
विपदको यस्तो घडीमा मोनाले पहिलो चरणमा आवास गुमाएकाहरुलाई १०० थान पाल प्रदान गरेको छ भने दोश्रो चरणमा १०० थान ब्ल्यांकेट वितरण गरेको छ। मोना आइसीसी उपाध्यक्ष सुर्जे भट्टचनले आफै गाउँमा पुगेर जिल्लाका प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकाललाई सो सहयोग हस्तान्तरन गरेका हुन्। आईईसीका उपाध्यक्ष भट्टचनले सहयोगको जुट्ने क्रम जारी रहेको र छिट्टै थप सहयोग गरिने बताएका छन्।

लामो समयदेखि एनआरएनए अभियानमा सक्रिय भट्टचन एनआरएनएमा राजनीति बढेपछि केहि समयदेखि एनआरएनएबाट अलग्गै बसेका छन्। एनआरएनए पोर्चुगलका निबर्तमान सल्लाहकार भट्टचनले संघमा बढी राजनीति हावी भएपछि २०१९-२१ मा एनआरएनए बहिस्कार नै गरेका छन्। सबै सामाजिक संघसंस्थाहरुले मोनाबाट सिक्नुपर्ने र प्रेरणा लिनुपर्ने उनको जिकिर छ।

अबिरण बर्षाका कारण म्याग्दीमा ठुलो जनधनको क्षति भएको छ। बाढीपहिरोका कारण हालसम्म म्याग्दीमा २७ जनाले ज्यान गुमाईसकेका छन् भने अन्य कयौ बेपत्ता भएका छन्।
त्यस्तै बाढीपिडितहरुलाई सक्दो सहयोग गर्न मोनाले आग्रह समेत गरेक छ। विभिन्न देशमा छरिएर रहेका मोनाका आइसीसी इकाई मार्फत सहयोग संकलन जारी रहेको छ। मोना एक गैर राजनीतिक तथा म्याग्देलीहरुको सामुहिक र सामाजिक संस्था हो। मोना आइसिसिले जिल्लामा परेका हरेक सानाठुला समस्याहरु सहयोग गर्दै जिल्लाको विपद सहयोग र बिकासमा ठुलो भूमिका खेल्दै आएको छ।

मोनाका आइसीसी उपाध्यक्ष भट्टचनले घटना घटेको ३६ घन्टा मै हेलिकप्टरमा घटना स्थल पुगेर राहत प्रदान गरेका थिए।
















