नेतृत्व र संस्था सही ढंगले चल्न नसकेको आरोप लगाउदै नेपाली महिला समाज पोर्चुगलका उपाध्यक्षसहित कार्यसमितिका ६ जनाद्वारा सामुहिक राजीनामा

लिस्वन ।

नेपाली महिला समाज पोर्चुगलकी उपाध्यक्षसहित ६ जनाले सामुहिक रुपमा राजीनामा दिएका छन् । उनिहरुले बिहीबार सामुहिक रुपमा पदबाट राजनामा दिएका हुन् ।

नेतृत्व र संस्था सही ढंगले चल्न नसकेको आरोप लगाउदै समाजकी उपाध्यक्ष सुनिता भट्टराई, सचिवद्धय अम्बिका ढकाल र सीता ढकाल, कार्य समिति सदस्यहरु क्रमशः सरस्वती पौडेल भण्डारी, रिना श्रेष्ठ र सम्झाना रेग्मीले राजीनामा दिएका हुन् ।

उनिहरुले आफु संस्था स्थापना कालदेखि नै सक्रिय रहेको र नेतृत्वले बारम्बार गल्ती गर्दै आएको, सच्चिन जति नै पटक सचेत र अनुरोध गर्दा पनि नेतृत्व नसच्चिएपछि सामुहिक राजिनामा दिएको राजिनामा पत्रमा उल्लेख छ। आफुहरु संस्थामा नरहेतापनि उनीहरुले नेपाली समाजलाई आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार