‘कांग्रेसबाट वीपी हरायो’ : चन्द्र भण्डारी ( भिडियो सहित )

केपी ओलीका धेरै कमी कमजोरी होलान् । तर भारतले, भारतका संचार माध्यमले ‘केपी ओलीलाई निकाली हाल्छु’ भनेर धज्जी उडाएका बेला ‘केपी ओलीलाई फालीहाल्छौँ’ भनेर पार्टीभित्र जुन भइरहेको छ नी, त्यो अत्यन्तै गलत हो । विदेशीले यत्रो आक्रमण गरेको बेलामा पार्टीभित्र द्वन्द्व हुन्छ भने यो राजनीतिक पार्टी नै होइन । यसलाई भंग गरिदिए हुन्छ । : चन्द्र भण्डारी नेपाली कांग्रेसका केन्द्रीय सदस्य ।

कांग्रेसमा उहाँ तार्किक र स्वच्छ छविको नेता मानिनुहुन्छ । नेपाल विद्यार्थी संघको अध्यक्ष समेत भइसक्नु भएका भण्डारी सरल जीवन शैली र अध्ययनशील नेताको रुपमा चिनिनुहुन्छ । स्वच्छ छवि, सरल जीवन, अध्ययनशील र तार्कित नेता भएकै कारणले २०७० सालको संविधानसभाको दोस्रो निर्वाचनमा उहाँले नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का प्रभावशाली तथा शालीन ने प्रदिप ज्ञवालीलाई समेत हराउनु भएको छ । अहिलेको संन्दर्भमा मुलुकको लागि भण्डारी र ज्ञवाली दुवै सशक्त भूमिका आवश्यक छ । बिडम्बना दुवै जनाको राजनीनिक कार्य थलो गुल्मी–२ नै भएरकोले एक जना संसद बाहिर बस्नुपर्ने बाध्यात्मक अवस्था छ ।

२०६४ साल चैत २८ गते भएको संविधान सभाको पहिलो निर्वाचनमा त्यो क्षेत्रबाट संसदमा ज्ञवालीले प्रतिनिधित्व गर्नुभयो । एक कार्यकालपछि भण्डारीले ज्ञवालीलाई संसद बाहिर पारिदिनु भयो । २०७४ को निर्वाचनमा भण्डारीलाई फेरि ज्ञवालीले संसद बाहिर पारिदिनुभएको छ । निर्वाचनमा पराजित भएपछि भण्डारी केही वर्ष अध्ययनतिर बढी केन्द्रित हुनुभयो । यसबीचमा उहाँले विद्यावारिधि गर्नुभयो । संसदबाट बाहिरिए लगत्तै उहाँले आफ्नो नामको अगाडि डा. लेखाउन सफल हुनुभएको छ । त्यसको अलवा ससद बाहिरै रहे पनि मुलुकको राजनीति र समसामयिक परिस्थितिलाई उहाँले नजिकबाट नियालिरहनु भएको छ ।

मुलुकमा धेरै वर्षको अन्तरालमा एउटै दलको भारी बहुमतको स्थिर सरकार छ । सरकार स्थिर भनिए पनि निर्णय तथा कार्यशैली र सत्तारुढल दल नेकपाकै गतिविधि भने स्थिर हुन सकिरहेको छैन । पछिल्लो समय नेकपाको नेतृत्वमै विवाद भइरहेको छ । नेकपाका अध्यक्ष समेत रहनु भएका प्रधानकन्त्री ओलीलाई सत्ताबाट हटाउन शीर्ष नेताहरु नै लागि परेका छन् । त्यस्तै प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले पनि विपक्ष दलले गर्नुपर्ने जिम्मेवारी प्रभावकारी रुपमा गरिरहेको छैन ।

मुलुकको सबै क्षेत्रमा वैदेशिक हस्तक्षेप भइरहेको बेला प्रधानमन्त्रीबाट किन हटाउन खोजिएको छ ओलीलाई ? यस्तो अवस्थामा प्रतिपक्षले के गर्नुपर्छ ? कांग्रेस भण्डारीले बीपी स्मृति दिवसको अवसरमा जनता टेलिभिजनको कार्यक्रम सन्दर्भमा यी विषयमा खुलस्त पार्नुभएको छ ।अहिले अवस्थामा ओलीलाई प्रधानमन्त्रीबाट हटाउनै नहुने नेता भणडारीको भनाई छ ।

अन्तरवार्तामा उहाँले भन्नुभएको छ– केपी ओलीका धेरै कमी कमजोरी होलान् । सत्ता संचालनमा , व्यवस्थापनमा, पार्टीभित्रको समायोजनमा । राष्ट्रिय दृष्टिकोणमा, प्रतिपक्षलाई हेर्ने दृष्टिकोणमा केपी ओलीका धेरै कमीकमजोरी होलान् तर भारतले, भारतका संचार माध्यमले ‘केपी ओलीलाई निकाली हाल्छु’ भनेर धज्जी उडाएका बेला ‘केपी ओलीलाई फालीहाल्छाैँ’ भनेर पार्टीमा, केन्द्रीय कमिटीमा जुन भइरहेको छ नी, त्यो अत्यन्तै गलत कुरा हो । उहाँलाई फाल तर एकैछिन स्थगित गर, किन कि विदेशीले आक्रमण गरेको बेला यो राम्रो होइन ।

जस्तै भनौं किशुनजी जस्तो राष्ट्रवादी नेता जसलाई आश्रममा बस्नु पर्यो नी । उहाँ पनि त्यत्तिकै देशको निम्ति लड्ने, देशको समृद्धिको निम्ति लाग्ने गुरु मानिनुहुन्थ्यो । शुवर्ण शमशेर जस्तो मान्छे, १६ हजार बिगाहा आफ्नो जग्गा राष्ट्रलाई दिएर भूमि सुधार लागू गरी दिनुभयो नी । त्यस्ता मडेशपाण्डी पार्टीको नेता हुनुहुन्थ्यो बीपी कोइराला । आज त्यस्ता नेता नै छैनन । आफ्ना स्वास्र्थमा अरुका प्याला जस्ता । नेता बोली हाल्यो भनो पनि यो कस्को भाषा बोली रहेको छ ? कुन केटा बोल्यो भने पनि यो कस्तो कुरा बोली रहेको छ ? यस्तो प्रष्ट देखिने व्यक्तिहरु भए ।

त्यसकारण बीपीको बेलाका जस्ता नेताहरु अहिले छैनन् । अहिले देखिँदैनन् । कसैको कारिन्दा जस्ता देखिन्छन् । मैले कसैलाई ‘एप्रिसेट’ गरेको होइन । अहिलेको बेलामा, दुई तिहाई पाएको बेलामा । युवाहरु विदेशमा बेचिएका बेलामा । विदेशीले यत्रो आक्रमण गरेको बेलामा पार्टीभित्र द्वन्द्व हुन्छ भने यो राजनीतिक पार्टी नै होइन । यसलाई भंग गरिदिए हुन्छ ।

बीपीले भन्नुभएको छ– हाम्रो जस्तो प्रजातन्त्रवादी भएर पनि बस्न सकिन्छ , राष्ट्रवादी मात्रै भएर पनि रहन सकिन्छ । तर प्रजातन्त्रवादी र राष्ट्रवादी दुवै भएर रहन अत्यन्तै ग्राहो छ भन्ने वीपीको दृष्टिकोण थियो । त्यति मात्र होइन, वीपीको दृष्टिकोणमा एकातिर भारत छ, अर्कोतिर चीन छ यसको बीचमा नेपाललाई सुरक्षित बनाएर राख्नु परेको छ ।

बाँकी शब्द भिडियोसहित

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार