पोर्चुगलमा कोरोनाभाइरस : पछिल्लो २४ घण्टामा ५ को मृत्यु, २५२ जना नयाँ संक्रमित, नयाँ संक्रमितको ८५.३ प्रतिशत लिस्बनमा केन्द्रित

लिस्बन।

पोर्चुगलमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ५ जनाको ज्यान गएको छ। त्यस्तै सोही समयमा २५२ जना नयाँ संक्रमितहरुको पुष्टि भएको छ भने नयाँ संक्रमितहरुको ८५.३ प्रतिशत राजधानी लिस्बनमा रहेका छन्।

स्वास्थ्य महानिर्देशनलयका अनुसार हालसम्म ४९ हजार १५० जना संक्रमित भएका छन् भने १ हजार ७०२ जनाको कोरोनाकै कारण ज्यान गएको छ।

त्यस्तै हालसम्म कोरोनाको उपचार पश्चात निको हुनेको संख्या ३३ हजार ९९९ पुगेको छ। १ हजार ६०६ जना कोरोना परिक्षण पश्चात नतिजाको पर्खाइमा छन्।

कोरोना संक्रमित ४३९ जनालाई अस्पतालमा भर्ना गरिएको छ, जसमध्ये ५९ जनाको अवस्था चिन्ताजनक छ र आइसीयुमा उपचार भईरहेको छ। ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार