जापानमा सम्पन्न अन्तर्राष्ट्रिय मैत्रीपूर्ण कराते, दिलसानले जिते रजत पदक

काठमाडौं । जापानमा भएको तेश्रो सिन्जु खुल्ला ईन्टरनेशनल फ्रेण्डसिप कराते प्रतियोगितामा नेपाली खेलाडी दिलसान लामाले रजत पदक जितेका छन् ।

उनले १५ बर्ष मुनिको ५५ केजी तौल समूहमा रजत जितेको जापानबाट टिम ब्यवस्थापक सूर्य बुढाथोकीले जानकारी दिए ।

यस्तै अर्का खेलाडी रामहरि आले मगरले उत्कृष्ट फाईटरको उपाधी प्राप्त गर्न सफल भएको समेत बुढाथोकीले बताए ।

रामहरिले ४० बर्ष माथिको ७० केजी तौल समूहमा प्रतिस्पर्धा गरेका थिए ।

प्रतियोगितामा नेपाल सहित एशियाका २५ राष्ट्रका २०० भन्दा बढी खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार