पोर्चुगलको ओलिइरोसमा भिषण आगलागी, आगो नियन्त्रण गर्ने क्रममा एक फायर फाइटर सहित ७ जनाको मृत्यु

लिस्बन।

ओलिइरोसमा भिषण आगलागी भएको छ। शनिबार सुरु भएको आगो कयौ गाउँको इलाकामा फैलिएको छ छ भने सयौ घरहरु आगलागीको चपेटामा परेका छन्।

आगो नियन्त्रण गर्ने क्रममा एक जना फायर फाइटर सहित अन्य सात जनाको मृत्यु भएको कास्टेलो ब्रान्कोका राहत अभियानका जिल्ला कमाण्डरले पुष्टि गरेका छन्।

गर्मी सिजनमा पोर्चुगलमा हरेक बर्ष आगलागीले ठुलो धनजनको क्षति हुने गरेको छ। सरकारले राज्यका कयौ भागहरुमा आगलागी हुनसक्ने चेतावनी दिदै बनजंगलमा कहिँ पनि आगो नखेलाउन अनुरोध गरेको छ।

ओलिइरोसमा शनिबार सुरु भएको आगलागी निकै नै अत्यन्त हिंसात्मक रुपमा फैलिएको र तिब्र हावाको कारण नियन्त्रण गर्न निकै कठिन भएको कास्टेलो ब्रान्कोका राहत अभियानका जिल्ला कमाण्डर लुइस बेलो कोस्टाको बताएका छन् ।

ओलिइरोसमा शनिबार सुरु भएको आगलागि नियन्त्रण बाहिर रहेको र नियन्त्रणमा आउन अझै कयौ दिन लाग्नसक्ने सम्बन्धित अधिकारीहरुले बताएका छन्।

आगलागी नियन्त्रण गर्ने क्रममा ४ जना फायरफाइटरहरु घाइते भएका छन् भने उनीहरुको कोइम्ब्रा अस्पतालमा उपचार भईरहको छ। अग्नि नियन्त्र गर्ने क्रममा मृत्यु भएका २१ बर्षीय फायर फाइटर डिएगो दियास रहेका छन्।

डिएकोको मृत्युसंगै सन् २०२० मा मात्रै आगो नियन्त्रण गर्ने क्रममा ३ जना फायर फाइटरहरुले ज्यान गुमाईसकेका छन्।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार