एनिभर्सरी पार्टी मनाउदा सहभागी ३५ नेपालीमा कोरोना संक्रमण, एक जनाको अवस्था गम्भीर

लग्जेम्वर्ग।

यूरोपेली मुलुक लग्जेम्वर्गका ३५ नेपालीहरु एकैपटक संक्रमित भएका छन्।

गैर अवासीय नेपाली संघको स्वास्थ्य समितिका अनुसार एक पारिवारिक जमघटमा (वैवाहिक वर्षगाँठ) मा सहभागीसहित ३५ जनामा संक्रमण पुष्टि भएको हो। संक्रमितमध्ये एक जनाको अवस्था गम्भीर छ। अहिलेसम्म विश्वमा ३८ देशमा रहेका नेपालीहरु कोरोना भाइरसबाट संक्रमित भएका छन्।

गैरआवासीय नेपाली संघ स्वास्थ्य समितिका संयोजक डा संजीव सापकोटाका अनुसार जापान, अमेरिका, भारत, रसिया, साउदी अरब, कतारमा लगायत मध्यपूर्वका केही देशमा रहेका नेपालीहरुमा भने अझै कोरोना भाइरसको संक्रमण रोकिएको छैन।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार