मलामी गएका युवक नुहाउन जाँदा महाकालीमा बेपत्ता

कञ्चनपुर ।

मलाम गएका एक युवक महाकाली नदीमा बगेर बेपत्ता भएका छन् ।

भीमदत्त नगरपालिका–९ बस्ने आफन्तको आज मलाम गएका वेदकोट नगरपालिका–७ गाउजीका अन्दाजी १७ वर्षीय जनक साउद महाकालीमा बेपत्ता भएका हुन् ।

अन्तिम संस्कारमा सहभागी भई नुहाउन जाँदा उनी नदीको वहाबमा परी बगेका हुन् । ब्रह्मदेवस्थित महाकाली नदीको घाटमा बगेर बेपत्ता साउदको खोजीका लागि नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको टोली परिचालन गरिएको छ ।

बिहान करीब ९ बजे बेपत्ता भएका साउदको खोजी जारी रहेको सीमाचौकी ब्रह्मदेवका प्रहरी नायब निरीक्षक जनकराज जोशीले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार