लण्डन ।

बेलायतको एक अदालतले आफ्नै साथीको छोरीलाई यौन दुर्व्यवहार गरेको अभियोगमा एक नेपालीलाई साढे दुई वर्ष जेल सजाय सुनाएको छ । वेलायती सेनामा कार्यरत ४४ वर्षिय विनोद राईलाई गत शुक्रवार ब्रिस्टल क्राउन कोटले सो सजाय सुनाएको हो ।
राईले गत वर्ष स्थानिय रेलवे स्टेनशबाट १३ वर्षिया वालिकालाई आफ्नो कारमा लागेर उनी माथि यौन दुर्व्यवहार गरेका थिए । उनले ति बालिकाको परिवारको अनुमति बिना कारमा लिफ्ट दिएका थिए ।
स्थानिय विल्डशार टाइम्सका अनुसार राईले ति वालिकाको छाती छुने, काउकुति लगाउने र उनको खुट्टाको बीचमा हात राख्ने प्रयास गरेका थिए ।
बेलायती सेनामा कार्यरत राईले ती आरोपहरुलाई अदालत समक्ष अस्वीकार गरेका थिए । तर अदालतले उनलाई यौन दुर्व्यवहार अपराधमा साढे दुई वर्ष जेल सजाय सुनाएको छ। अदालतको यो फैसलासंगै उनको जागीर गुम्ने, सुविधा बापत पाएको गाँसबास र बेलायतमा रहन पाउने अधिकारसम्म गुम्न सक्ने बताएको छ ।
















