पुजारीको गोली हानेर हत्या

रौतहट ।

रौतहटको माधवनारायण नगरपालिकामा मन्दिरका एक जना पुजारीको गोली हानेर हत्या गरिएको छ ।

जिल्लाको माधवनारायण नगरपालिका वडा नं.२ खेसरहिया स्थित हनुमान मन्दिरको पुजारी श्रीराम साहको गोलि हानेर हत्या गरिएको हो ।

पुजारी साहले खाना खाई रहेको अवस्थामा अज्ञात समुहले बुधवार राती करिब सवा ९ बजेको समयमा कन्चटमा गोली हानेर हत्या गरेको स्थानीयले बताएका छन् ।

आँफैले बनाएको हनुमान मन्दिरको पुजारीको रूपमा रहेका श्रीराम साहले खाना खाँदै गरेको अवस्थामा अपरिचित व्यक्तिको समुहले बाया कन्चटमा गोली हानेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय, रौतहटले जनाएको छ । घटनामा संलग्न व्यक्तिहरू हाल फरार रहेको र उनीहरूको खोजी कार्य तिब्र बनाईएको प्रहरीले बताएको छ ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार