लिस्बन।

पोर्चुगलमा कुल संक्रमितहरुको संख्या पुरुष भन्दा महिलाको ५६१० ले बढी छ। हालसम्म २५ हजार १५१ जना पुरुष संक्रमित छन् भने ३० हजार ७६१ जना महिला रहेका छन्।
तर मृतकहरुको तथ्यांक हेर्दा महिला भन्दा पुरुषको संख्या १५ ले बढी छ। हालसम्म कोरोनाका कारण ९१० जना पुरुष र ८९५ जना महिलाले ज्यान गुमाएका छन्।
कोरोनाको कारण ३३ हजार ८२१ जना स्वास्थ्य अधिकारीहरुको प्रतक्ष्य निगरानीमा रहेका छन्।
पोर्चुगलमा पछिल्लो २४ घण्टामा कोरोना भाईरस संक्रमणका कारण ४ जनाले ज्यान गुमाएका छन्। त्यस्तै सोही समयमा १९२ जना नयाँ संक्रमित फेला परेका छन्। संक्रमितहरुमध्ये ११६ जना राजधानी लिस्बन केन्द्रित मात्रै छन्।
आज मंगलवार स्वास्थ्य महानिर्देशनालयले गरेको नियमित पत्रकार सम्मेलनमा दिईएको जानकारी अनुसार पोर्चुगलमा कोरोना संक्रमण शुरु भएयता १ हजार ८०५ जनाले ज्यान गुमाएका छन् भने हालसम्म कुल संक्रमितहरुको संख्या ५५ हजार ९१२ पुगेको छ।
पछिल्लो समयमा फेला परेका संक्रमितहरुको ७० प्रतिशत देखि ९२ प्रतिशतसम्म राजधानी लिस्बनमा केन्द्रित रहेकोले सरकारले यसलाई रेडजोनमा राखेको छ।
स्वास्थ्य महानिर्देशनालयको तथ्याक अनुसार हालसम्म ४१ हजार २१ जना उपचार पश्चात निको भईसकेका छन्।
संक्रमितहरुमध्ये ३२५ जना अस्पतालमा भर्ना भएका छन्। जसमध्ये ४१ को उपचार आइसीयुमा भईरहेको छ।
















