चुरोट पिउनुहुन्छ , सावधान ! पोर्चुगलका सडकमा चुरोटका ठुटो फाले अब २५० यूरोसम्म जरिवाना !

लिस्वन ।

पोर्चुगलका सडक र सडक पोटीमा चुरोटको ठुटा फाल्न नपाइने भएको छ । सरकारले अबदेखि चुरोटका ठुटो फाल्नेमाथि कारबाही गर्ने भएको हो ।

सरकारले गतवर्ष नै सडकमा चुरोटको ठुटाहरु फाल्न नपाइने भन्दै नयाँ कानुन पारित गरेको थियो । सरकारले उक्त कानुन एक वर्षपछि कार्यन्वयनमा ल्याएको हो ।

कानुनको वर्खिलाप गरी कोही कसैले उक्त कार्य गरेमा २५ युरोदेखि २५० युरोसम्म जरिवाना तिर्नुपर्ने कानुनमा उल्लेख गरिएको छ ।

सरकारले अघिल्लो सेप्टेम्बर तीन तारिखका दिन नयाँ कानुन पारित गरेको थियो । सहरलाई सफा राख्न र स्वास्थ्यलाई मध्यनजर गर्दै सरकारले यस्तो नियम ल्याएको हो।

कानुनको पालना गराउन र अभियानलाई सफल बनाउन सरकारले ठाउँठाउँमा ‘एक्सट्रे’ राख्ने र ‘डस्बिन’ को संख्या थप गर्ने भएको छ ।

अहिले पोर्चुगलका सडकपेटीदेखि चोक तथा पार्कहरुमा भेला भएका युवायुवतीदेखि बृद्धसम्मले चुरोट खाएर बाँकी रहेको ठुटा जताततै फाल्ने गरेका छन् । जसले गर्दा सडक र सहर फोहोर देखिएको अधिकारीहरु बताउँछन् ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार