काठमाडौँ।

गत आर्थिक वर्ष २०७६-०७७ मा प्रदेश-५ बाट २५९ प्रहरी कारवाहीमा परेका छन्। प्रहरीको आचरण, नीति र नियम विपरीत काम गर्नेलाई कारवाही गरिएको प्रहरीले जनाएको छ।
प्रदेश-५ प्रहरी कार्यालय दाङका प्रहरी वरिष्ठ उपरीक्षक राजकुमार बैदवारका अनुसार नसिहतमा १२७, चालचलनसम्बधी प्रतिकूल रायमा पाँच, ग्रेड घटुवामा १४, ग्रेड रोक्कामा पाँच, शुरुस्केल घटुवामा दुई, पदोन्नति रोक्कामा १३, नोकरीबाट हटाइएकामा ३२, बर्खास्त गरिएकामा एक, निलम्बनमा सात , स्वतः निलम्बनमा नौ र सचेत गराइएकामा ४४ जना छन्।
अघिल्लो आर्थिक वर्ष २०७५-०७६ मा प्रदेश-५ बाट १७६ प्रहरीलाई कारवाही गरिएको थियो।
















