रबिन्द्र यादव, नवलपरासी।

नवलपरासी पश्चिमको नारायणी नदिमा डुङ्गा पल्टिएर डुब्दा एक पुरुष बेपत्ता भएका छन्।
सुस्ता गाउँपालिका वडा नं. ५ ठाडीघाटबाट नदि पारी सुस्ताका लागी इट्टा बोकेर जादै गरेको डुङ्गा नारायणी नदिमा डुबेपछी डुङ्गामा काम गर्ने एक ब्यक्ति नदिमा डुबेर बेपत्ता भएका हुन् ।
प्रहरीका अनुसार डुङ्गामा ७ जना काम गर्ने ब्यक्तिहरु रहेका थिए । ६ जना आफै पौडी खेलेर निस्केका छन् ।
नारायणी नदिमा डुबेर बेपत्ता भएका ब्यक्तिको खोजी कार्य भइरहेको र बेपत्ता भएका ब्यक्ति भारतिय नागरिक अन्दाजी बर्ष ३२ को पुरुष रहेको बुझिएको छ। उनको थप पहिचान नखुलेको र खोजी कार्य भइरहेको प्रहरी चौकी रामनगरले जनाएको छ ।
















