– रबिन्द्र यादव

पाल्हीनन्दन गाउँपालिकाको स्वयम् शिक्षक भर्नामा अनियमितता भएको पाइएको छ । गाउँपालिकाको कार्यपालिकाको बोर्ड बैठकले १२ जना मात्र स्वयंसेक शिक्षक भर्नाका लागि निर्णय गरेपनि गाउँपालिका अध्यक्ष बैजु प्रसाद गुप्ता –(दिपक) ले सो निर्णयलाई लत्याउदै १४ जना शिक्षक भर्ना गरेको र सो भर्ना अवैधानिक रहेको भन्दै अख्तियार दुरुप्योग अनुसन्धान आयोग बुटवले पत्र पठाएपनि ति शिक्षकहरुलाई मद थपदै तलब खुवाउदै आएको आरोप लगाइएको छ ।
सोमबार परासी स्थित विपि स्मृति भवनमा गाउँपालिका उपाध्यक्ष पावित्रा कोहारको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा वडा १ अध्यक्ष लल्लन यादव, वडा २ का अध्यक्ष रामनगिना सिंह, वडा ४ का अध्यक्ष संजय कुमार पाठक, वडा ५ का अध्यक्ष ओम प्रकाश तेली, कार्यपालिका सदस्य कमलेश माली, कार्यपालिका सदस्य ईन्दा हरिजन, कार्यपालिका सदस्य राजकुमारी सहितले गाउँपालिका अध्यक्ष दिपक गुप्ताको ज्यादती र भ्रष्टाचार तथा अनियमितता बारे जानकारी गराउदै ति स्वयं सेवकहरुको अवैधानिक रुपले म्याद थप्दै तलब खुवाउदै आएको बताउदै उनीहरुले खाएको तलब बेरुजु समेत देखिएको सम्मेलनमा जानकारी दिएका छन् ।
त्यस्तै पाल्हीनन्दन गाउँपालिका अध्यक्ष बैजु प्रसाद गुप्ताले वडा अध्यक्षमाथि कुटपिटको प्रयास गरेको आरोप लगाइएको छ । गाउँपालिका अध्यक्ष दिपक गुप्ताले आफनै गाउँपालिकाको वडा ५ का अध्यक्ष ओम प्रकाश गुप्ता माथि कुटपिटको प्रयास गरेको आरोप लगाइएको छ ।
पत्रकार सम्मेलनमा वडा अध्यक्ष गुप्ताले भने, ‘‘गाउँपालिका अध्यक्ष दिपकले पालेको मुद्रे गुण्डाहरु लगाएर मलाई कुटपिट गर्न खोजेपनि मा भागेर बच्न सफल भएपछि मेरो वडाका कार्यालय सहयोगी राजेश कुर्मीलाई ति ५÷६ जना मुद्रे केटाहरु हेलमेट र मास्क लगाई कुटपिट गरेको” उनले आरोप लगाए ।
गत भदौ ७ गते शुक्रबार वडा अध्यक्ष गुप्ता कार्यालय पुगेका थिए कि उनले डयुटीमा खटिएका नगरप्रहरी कार्यालय अगाडी कुर्मीमा बसी रुखमा खुट्टा राखी एक महिला संग अनावश्यक गफ गरिरहेको देखेपछि ति नगर प्रहरीको सिकायत गर्ने उद्देश्यले वडा अध्यक्ष फोटो खिचेका थिए । तर ति नगर प्रहरीले गाउँपालिका अध्यक्ष दिपक गुप्तालाई बढाईचढाई सुनाएपछि अध्यक्ष दिपक गुप्ताले बाहिरबाट वाईसिएलका ५-६ जना पालिएका गुण्डाहरु लगाएर वडा अध्यक्ष ओम प्रकाश गुप्तालाई कुटपिट गर्न खोजेको र अभद्र व्यवहार समेत गरेको वडा अध्यक्ष गुप्ताले सम्मेलन मार्फत जानकारी गराए ।
त्यस्तै पत्रकार सम्मेलनमा गाउँपालिका उपाध्यक्ष र ४ जना वडाअध्यक्ष सहित ३ जना कार्यपालिका सदस्यहरुले क्रोना भाईरसको रोकथाम तथा न्युनिकरणका लागि व्यवस्थापन गरिएको क्वारेन्टाईन, आईशोलेसन र स्वास्थ्य सामाग्री खरिदको खर्च भरपाई पटक पटक माग गर्दा नपाएको र सघ संस्थाद्धारा नगद तथा जिन्सी प्राप्त सहयोगको समेत विवरण दिन आलटाल गरेको जारी प्रेस विज्ञप्तीमा उल्लेख छ । पटक पटक ताकेदा गर्दापनि कार्यपालिकाको बैठक नबोलाउने र राजनितिक शक्तिको आँडमा धम्की र त्रास देखाउने कार्य गर्दै आएको वडाअध्यक्षहरुले आरोप लगाए ।
पत्रकार सम्मेलनमा जनता समाजवादी पार्टीका जिल्ला अध्यक्ष धरेन्द्रं यादव, अध्यक्षद्धय मुकरजी गिरी, नेपाली कांग्रेसका सचिव विक्रम यादव, पार्टीका जिल्ला नेता राधेश्याम पाठक, पार्टीको संगठन विभाग प्रमुख राजेन्द्र सहानी लगायतले भ्रष्टाचार र कुटपिट गर्ने गाउँपालिका अध्यक्ष दिपक गुप्तालाई कार्वाहीको लागि सम्बन्धित निकायलाई आग्रह गरेका छन् । सो पत्रकार सम्मेलनमा र आगामीका दिनमा गरि कार्यहरुहरु प्रति जसपको पुर्ण साथ र सहयोग हुने जसपाले जनाएको हो ।
















