गणेश पाण्डेय, लिस्बन।

लिस्बनको निलो मेट्रो लाइनमा छत खस्दा ४ जना घाइते भएका छन्। मेट्रो लाइनमै छत खस्दा यात्रुहरुले भागाभाग गरेका थिए।
छत खसेपछि निलो लाइन अवरुद्ध भएको थियो। सो घटना प्रासा दे स्पान्ह्या र साउ सबास्सियो स्टेशनको बिचमा भएको हो।
छत खस्दा ४ जना घाइते भएतापनि कोही पनि हताहत नभएको पिएसपी प्रहरीले जनाएको छ।
मेट्रो सुरुङ्गको छत कसरी र किन खस्यो भन्ने बारेमा अधिकारीहरु अनुसन्धान गरिरहेका जनाईएको छ।
घटनामा घाइते भएका ४ जनामध्ये दुइ जनालाई सामान्य चोट लागेकोले घटनास्थलमै उपचार गरिएको र अन्य २ जनालाई उपचारका लागि इनेम एम्बुलेन्समा अस्पताल लागिएको छ।

घटना आज सोमबार दिउसो २:३० बजेको हो।
निलो मेट्रो अवरुद्ध भएतापनि अहिले सान्ता अपोलोनिया देखि मार्केस पोम्बाल र रिबोलेइरा देखि लारेञ्जेइरससम्म मात्रै संचालन भईरहेको छ।
















