‘ऐश्वर्य’को तिन दिनको कमाई कति? हेर्नुहोस् बक्स अफिस रिपोर्ट !

  • हरिशजङ्ग क्षेत्री

काठमाडौ, पुराना स्टार नायक रमेश उप्रेतीले निर्माण गरेको फिल्म ‘ऐश्वर्य’ले बक्स अफिसमा धुम मच्चाउदै तिन दिनमा दुई करोड रुपैयाँ बराबरको उत्कृष्ट व्यापार गर्न सफल भएको छ ।

दिवाकर भट्टराईले निर्देशन गरेको फिल्मलाई दर्शकले निकै रुचाएका छन् ।चलचित्रमा डेब्यु खलनायक प्रशान्त ताम्राकारको अभिनय र खुखार लुक, बोल्ने लवज, डाईलगले खुबै तारिफ पाएका छन्, भने फिल्म ‘ऐश्वर्य’ पनि एकदम उत्कृष्ट बनेको भन्दै नेपाली सिनेमाका आम दर्शकबाट नाम दाम सहितको उल्लेख रूपमा प्रेरणादायी प्रतिक्रिया पाएका नायक तथा निर्माता रमेश उप्रेती हौसिएका छन् ।


चलचित्रलाई उत्कृष्ट बनाउन करोडौं खर्चेका नायकले चलचित्र प्रदर्शन भएपछि दर्शकबाट माया त पाए नै साथमा करोडौं पैसा पनि पाएका छ्न ।

बक्स अफिस रिपोर्ट अनुसार चलचित्र ‘ऐश्वर्य’ले प्रदर्शन भएको तिन दिनमा २ करोड नजिकको ब्यापार गरेको छ । चलचित्रले पहिलो ओपनिङको दिन राजधानी र राजधानी बाहिरबाट गरेर कुल ४८ लाख, १६ हजार छ सय बयासीको रुपैयाँको व्यापार गरेको थियो, भने दोश्रो दिनको बक्स अफिसको रिपोर्ट अनुसार चलचित्रले ५७ लाख ५० हजार ९३ रुपैयाँको व्यापार गर्न सफल भएको थियोे ।
चलचित्र ऐश्वर्यले तेस्रो दिन पहिलो र भन्दा डबल पैसा बटुल्न सफल भएको थियो । फिल्मले तेस्रो दिन राजधानीबाट ५६ लाख ६४ हजार पाँच सय ३६ रुपैयाँ र राजधानी बाहिरबाट ९६ लाख ३० हजार ७ सय ९ रुपैयाँको ग्रस कलेक्सन गर्न सफल थियो ।
लामो समय नेपाली चलचित्र क्षेत्रबाट टाढा भएका रमेश उप्रेतीले निर्माण गरेको चलचित्रले नाम, दामका साथै उत्कृष्ट प्रसंशा समेत कमाएको छ ।

अर्जुन श्रेष्ठ, निर्मल शर्मा र किरण राणा उप्रेतीको लगानी रहेको चलचित्र ‘ऐश्वर्य’मा नायक रमेश उप्रेतीको भन्दा खलनायक प्रशान्त ताम्राकारको खुबै तारिफ भएको छ भने, पुरानी नायिका केकी अधिकारीको भन्दा नव नायिका दीपिका प्रसाइँको अभिनय, फिगर, अभिनयको समेत चर्चा चलेको छ ।चलचित्रमा रमेश, प्रशान्त, दिपिका, केकी, केशव भट्टराई, सुनिता ठाकुर, विकास खतिवडा लगायतका नयाँ पुराना कलाकारहरुको मुख्य अभिनय छ ।


चलचित्रले अझै राम्रो ब्यापार गर्नेमा नायक उप्रेती ढुक्क रहेका छन् ।अहिले नेपाली सिनेमा उद्योगमा राम्रा र उत्कृष्ट चलचित्रहरु बनिरहेको नेपाली सिनेमाका दर्शकहरू बताउछन् ।

अहिले बिदेशी चलचित्रको दबदबालाई चिर्दै नेपाली चलचित्रहरुले करोडौं कमाउन थालेका छन् ।त्यसको पछिल्लो उदाहरणका रूपमा छक्का पन्जा सिरिज, नाईं नभन्नु लको सिरिज, ए मेरो हजुर२, दुई रुपैयाँ, पशुपति प्रसाद, ड्रिम्स, लुट, लुट२, जात्रा, कब्बडी कब्बडी लगाएतका फिल्महरुले करोडौंको ब्यापार गर्न सफल भएका छन् ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार