ढुंगेललाई तत्काल रिहाई नगरे देशभर कांग्रेस र राप्रपाका नेतामाथि मुद्दा हाल्छौ – वाइसिएल

नेकपा माओवादी केन्द्रको भातृ संगठन योङ कम्युनिष्ट लिग (वाइसिएल)ले बालकृष्ण ढुंगेललाई रिहाइ गर्न माग गरेको छ ।

द्वन्द्वकालका मुद्दा सत्य निरुपण तथा मेलमिलाप आयोगले हेर्ने सहमति विपरित ढुंगेललाई पक्राउ गर्नु संविधानको उल्लंघन र चुनाव भाड्ने षड्यन्त्र भएको वाइसिएलले आरोप छ ।

चुनाव भाँड्ने षडयन्त्रदेखि सचेत रहन पनि वाइसिएलले आग्रह गरेको छ । ढुंगेललाई तत्काल रिहाई नगरे देशभरका ७७ वटै जिल्लामा द्वन्द्वकालिन मुद्दाहरु व्युँताएर नेपाली कांग्रेस र राप्रपाका नेताहरुमाथि मुद्दा दायर गर्ने वाइसिएलले चेतावनी दिएको छ ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार