६ वर्षपछि बुबा आमाको हातबाट टीका लगाए गायक प्रमोद खरेलले

काठमाडौँ।

लोकप्रिय गायक प्रमोद खरेलले ६ वर्षपछि बुबा आमाको हातबाट टीका लगाउने अवसर यो वर्ष जुर्यो । पछिल्लो ६ वर्षसम्म देश विदेशका विभिन्न कार्यक्रमको दौडधुपमा रहँदै आएका प्रमोदले कोरोनाका कारण काठमाडौँ स्थित घरमा नै दशैँ मनाए ।

४ महिनाकी प्रमोदकी छोरी हाँस्ने समय भएका कारण पनि उनलाई यो विदाको समय अन्य कलाकारहरुका भन्दा फरक छ ।

बुबा, आमा सहित सबै परिवार एकसाथ भएको दशैँको यो रमाइलो पलमा प्रमोदले कोभिडका कारण परिस्थिती असहज भएको भएता पनि परिवारसँग दशैँको यो माहोल बाँड्न पाउँदा भने उनी ब्यक्तिगत रुपमा भने खुशी छन् ।

त्यस्तै आँफु पनि अरुको घरमा नजाने र आफ्नो घरमा पनि यो वर्ष महामारीका कारण कसैलाई नआउन आग्रह गरेका बरिष्ठ अभिनेता हरिवंश आचार्यले पत्नि रमिला र छोरा मोहीत र बुहारीसँग टिका लगाएर घरमा नै दशैँ मनाए ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार