काठमाडौंमै मन्दिरभित्रै एक युवकको छुरा प्रहार गरि हत्या

काठमाडौं ।

अज्ञात समुहले छुरा प्रहार गरि काठमाडौंमा एक युवकको हत्या गरेका छन् ।

टोखा नगरपालिका–५ धापासीधापासीमा बस्दै आएका गोरखाका २४ बर्षीया आशिष मगरको अज्ञात समुहले छुरा प्रहार गरि ह-त्या गरेको प्रहरीले बताएको छ ।

मगर शुक्रबार बिहान धापासिस्थित देवी मन्दिरको प्राङ्गण बसिरहेका बेला अज्ञात समुहले आक्रमण गरि गम्भीर घाईते भएका उनलाई उपचारका लागि अस्पताल लगिएकोमा उपचारको क्रममा मृत्यु भएको प्रहरीको भनाइ छ ।

आक्रमण गर्ने समुहको पहिचान हुनसकेको छैन् । अपराधिहरुको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार