कोरोनाभाईरस : पोर्चुगलमा बेलुका ११ बजेदेखि बिहान ६ बजेसम्म कर्फ्यु लगाउने सरकारको तयारी !

लिस्बन।

कोरोना भाइरसको दोश्रो लहरले पोर्चुगलको स्वास्थ्य क्षेत्रलाई थला पार्यो। दिनहुँ कोरोना संक्रमित र मृतकको संख्या वृद्धिमा नयाँ रेकर्डहरु ब्रेक भए। अस्पतालहरु र आइसीयु कोर्नाका बिरामीले भरिभराउ भएका छन्। कोरोनासंगको लडाईमा सरकारले निजी क्षेत्र र सैनिकको सहयोग लिने भएको छ।

कोरोना संक्रमणको गतिलाई कम गर्न पोर्चुगलको सरकारले कर्फ्यु लगाउने तयारी गरेको छ । सरकारका प्रस्तावित नीतिमा कोरोनाको उच्च जोखिम भएका १२१
नगरपालिकाहरुमा बेलुका ११ बजेदेखि बिहान ६ बजेसम्मका लागि कर्फ्यु लगाउने बारेमा छलफल भईरहेको छ। यो महिनाको अन्त्यसम्म कोरोनाभाइरसको प्रकोपको विरूद्ध लड्ने रणनीतिमा यो उपाय अपरिहार्य रहेको सरकारको भनाई छ।

यसै सम्बन्धमा प्रधानमन्त्री कोस्ता र राष्ट्रपति मार्सेलोबिच छलफल भएको छ। मन्त्रिपरिषदमा पनि यो नीति बारे छलफल भईरहेको छ। कोरोना भाइरस नियन्त्रणका लागि सरकारले शुक्रवार नयाँ नीति सार्वजनिक गर्ने तयारी गरिरहेको छ।

युरोपियन युनियनका केही देशहरुमा यसअघि लकडाउन गर्दै रातको समयमा कर्फ्यु समेत लगाईएको छ।

पोर्चुगलमा कोरोनाको पछिल्लो अवस्था : एकै दिनमा ७४९७ संक्रमित , ५९ को मृत्यु

पोर्चुगलमा कोरोना भाइरसका संक्रमित र मृतकको संख्या ठाडो उकालो लागेको छ। पछिल्लो घण्टामा ७४९७ जना नयाँ संक्रमितको पुष्टि भएको छ। संक्रमितको यो संख्या हालसम्मकै सबैभन्दा बढी हो।

त्यस्तै एकैदिनमा कोरोना संक्रमण कारण ५९ जनाको गएको छ। यो पनि अहिलेसम्मकै एकै दिन ज्यान गुमाउनेको सबैभन्दा उच्च संख्या हो।

कोरोनाकै कारण अस्पताल भर्ना हुनेको संख्यामा भने थोरै गिरावट आएको छ। हाल २ हजार ३३७ जना अस्पतालहरुमा भर्ना भएका छन्। यो संख्या अघिल्लो दिनको तुलनामा १२ ले कमी हो। तर सिकिस्त भएर आइसीयुमा भर्ना हुनेहरुको संख्यामा भने ब्रिद्दि भएको छ। नाजुक अवस्था भएका ३२५ जनाको आइसीयुमा उपचार भईरहेको छ। देशभर आइसीयुमा भर्ना भएका बिरामीहरुको संख्यामा ब्रिद्दि भएपछि सरकारले तुरुन्तै २०२ आइसीयु कक्ष यही साता मात्रै थपेको छ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमण फैलिनुका १३४ घटना घरबाट भएका छन्। त्यसैले कोरोना संक्रमणको यो जटिल परिस्थितिमा कसैलाई पनि आफ्नो घरमा नबोलाउनु वा अरुको घरमा नजानु नै उत्तम हुन्छ।

देशभरका १२१ नगरपालिकाहरुमा हिजो बुधबार नै लागु हुनेगरी कडा नियम लगाईएको छ।

पोर्चुगलका राष्ट्रपति मार्सेलो रेबेलो दे सौजाले नागरिकहरुलाई अत्यावश्यक काम बाहेक घरबाट बाहिर ननिस्कन र घरमै बस्न आग्रह गरेका छन्।

स्वास्थ्य महानिर्देशनालयले आजको पत्रकार सम्मेलनमा पोर्चुगलको जनसंख्याको एक तिहाईको कोरोना परिक्षण गरिसकेको जानकारी दिएको छ। तर कोरोना परिक्षणमा नेगेटिभ नतिजा आएकाहरु पनि हरेक समयमा संक्रमणको जोखिममा भएकाले सधै स्वास्थ्य महानिर्देशनालय र सरकारबाट निर्दिष्ट निर्देशनहरुको पालना गर्न आग्रह गरेको छ।

पेनाफिलमा अवस्थित तामेगा सौसा अस्पतालमा कोरोनाका बिरामी भरिभराउ भएपछि बिरामीहरुलाई नजिकका अन्य अस्पतालहरुमा सारेर चाप कम गरिएको छ। तामेगा सौसा अस्पतालमा अहिले २१८ जना कोरोनाक बिरामीको उपचार भईरहेको छ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार