पोर्चुगल : प्रहरीद्वारा रेस्टुरेन्टमा आयोजित पार्टीमा हस्तक्षेप, रेस्टुरेन्ट संचालकलाई १० हजार युरो जरिवाना !

लिस्बन।

पोर्चुगलमा प्रहरीले एउटा रेस्टुरेन्टमा आयोजित पार्टीमा हस्तक्षेप गरको छ।

लिस्बन समुद्री पुलिसले आज बिहीबार कोस्टा दा कापारिकाको एक रेस्टुरेन्टमा करीव ३० जना सम्मिलित एउटा अवैध पार्टीमा हस्तक्षेप गर्दै अन्त्य गर्‍यो।

समुद्री पुलिसको स्थानीय कमान्डले कोस्टा दा कापारिका क्षेत्रको एक रेस्टुरेन्टमा अनाधिकृत पार्टी भईरहेको खबर प्राप्त गरेपछि निरीक्षण गरेको थियो।

कोरोना रोकथामका लागि सरकारद्वारा निर्दिष्ट कानुन र स्वास्थ्य महानिर्देशनालयद्वारा सिफारिस गरिएका उपायहरु अवलम्बन नगरेको अभियोगमा रेस्टुरेन्ट संचालकलाई सुरक्षा अधिकारीहरुले १० हजार युरो जरिवाना गरेका छन्।

निरीक्षणका क्रममा सुरक्षा अधिकारीहरुले उक्त पार्टीमा सामाजिक दुरी कायम नगरिएको, मास्कको प्रयोग नगरेको र लकडाउनका नयाँ नियमहरु पालना नगरिएको जनाएका छन्।

कोरोना नियन्त्रणका लागि पोर्चुगल सरकारले ल्याएको नयाँ नियममा रेस्टुरेन्ट बेलुका १०:३० बन्द गरिसक्नुपर्ने , एउटा समुहमा बढीमा ५ जना मात्रै बस्न पाउने र कुनै पनि पार्टी समारोह गर्न नपाउने भएको छ। अन्य व्यावसायहरु भने बेलुका १० बजेभित्र नै बन्द गरिसक्नुपर्नेछ।

सबै बन्द स्थानहरुमा तथा सडक र सार्वजनिक स्थानमा मास्कको प्रयोग अनिवार्य गरिएको छ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार