नेपाली नारी समाज पोर्तुगलले महान चाड तिहारको अवसरमा देउसी भैलो कार्यक्रमको आयोजना गरि उक्त अवसरमा उठेको रकम निसाहाय बालबालिका सेवा आश्रम सुनसरीलाई प्रदान गर्ने भएको छ । उक्त अवसरमा उठेको लगभग ९०० युरोमा केहि थप गरि रु एक लाख प्रदान गर्ने नारी समाज पोर्चुगलले जनाएको छ ।
https://www.facebook.com/restaurantediyalo/videos/374754036288664/
पोर्तुगलमा रहेका नेपाली नारीहरुको सशक्तिकरणका लागि सिपमुलुक तालीम तथा कार्यशाला गोष्ठी , समस्याहरुको समाधानगर्नुका साथै नेपालको बिभिन्न सामाजिक सेवामा समाज समर्पित रहदै आएको छ।

देउसी भैलो कार्यक्रम उक्त संस्थाकी अध्यक्ष सिता बरालको अगुवाईमा सम्पन्न भएको महासचिव मिनामाया खरेलले जानकारी दिईन् ।

https://www.facebook.com/restaurantediyalo/videos/374751099622291/
















