पोर्चुगलमा कोरोनाले मार्च यताकै उच्च मृत्यु , सोमबार मात्रै ६३ जनाको गयो ज्यान !

लिस्वन ।

पोर्चुगलमा कोरोना संक्रमणले सोमबार मात्रै ६३ जनाको मृत्यु भएको छ । मृतकको यो संख्या पोर्चुगलमा मार्च महिनामा कोरोनाको पहिलो संक्रमित फेला परेयताकै
उच्च हो । अघिल्ला दुई दिनमा पोर्चुगलमा ४८ र ५६ जनाको मृत्यु भएको थियो ।

पोर्चुगलमा कोरोना संक्रमित र मृत्यु हुनेको संख्यामा अस्वभाविक बृद्धि भएपछि सरकारले कडाई गर्दै देशभर स्वास्थ्य संकटकाल सहित १२१ उच्च जोखिम भएका नगरपालिकाहरुमा कर्फ्यु समेत लगाएको छ।

सोमबार पोर्चुगलमा चार हजार ९६ जना नयाँ संक्रमित थपिएका छन् । यस्तै आइतबार पाँच हजार ७८४ जना नयाँ संक्रमित थपिएका थिए भने शनिबार छ हजार ६४० जना थपिएका थिए ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार