कोरोनालाई जितेपछि रवी लामिछानेले भने : ” १४ दिनको कठिन आइशोलेशनबाट मुक्ति मिल्यो, सोचे झै कोरोना रैनछ “

काठमाडौँ।

टेलिभिजन कार्यक्रम प्रस्तोता रवी लामिछाने कोरोना मुक्त भएका छन् ।

लामिछाने र उनकी पत्नी निकिता पौडेलको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ ।

लामिछानेले १४ दिनको कठिन आइशोलेशनबाट मुक्ति मिलेको जनाएका छन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, १४ दिनको कठिन आइशोलेशनबाट आज मुक्ति मिल्यो।केही बेर अघि मात्र हामी दुबैको PCR रिपोर्ट नेगेटिभ आएको जानकारी प्राप्त भयो।विभिन्न माध्यम बाट हामीलाई स्वास्थ्य लाभको कामना गर्नुहुने सम्पुर्णमा एकमुष्ठ धन्यवाद छ। निरन्तर स्वास्थ्य सल्लाह प्रदान गरिदिनु हुने जनस्वास्थ्य विज्ञ डा.रवीन्द्र पाण्डे Rabindra Sameer तथा डा.विश्वनाथ कोइराला(ॐअस्पताल)प्रति आभार प्रकट गर्दछौ।सोचे झै कोरोना रैनछ।’

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार