काठमाडौँ।

३१ वर्षीय सन्चारकर्मी गोकर्ण गौतमको आज (बिहीबार) निधन भएको छ ।
मष्तिष्कको नशामा समस्या देखिएपछि शल्यक्रिया गर्दा रक्तश्राव भइ उनको आज बिहान निधन भएको हो ।
उनको आज बिहान साढे ११ बजे बाँसबारीस्थित उपेन्द्र देवकोटा मेमोरियल नेशनल इन्स्टिच्युट अफ न्युरोलोजिकल एन्ड एलाइड साइन्सेस (न्युरो अस्पताल)मा निधन भएको हो ।
उनी कान्तिपुर समाचारका लागि कलम चलाउने गर्दथे।
















