प्रहरी हिरासतभित्रै आत्महत्या ६ मंसिर २०७७, शनिबार ०६:२१ बाँके। जिल्ला प्रहरी कार्यालयमा बाँकेको हिरासतमा रहेका थुनुवाले आत्महत्या गरेका छन्। बाँके वनकटीका बाबुलाल रैदासले आज बिहान साढे ५ बजे आत्महत्या गरेका हुन्। अभद्र व्यवहारमा हिरासतमा रहेका रैदासलाई प्रहरीले ज्यान मुद्दामा पनि असुन्धान गरिरहेको थियो।