बैतडी ।

बैतडीको बुढ्ढामा जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ ।
झुलाघाटबाट गोठलापानीतर्फ आउँदै गरेको ना१ज २१९६ नम्बरको जिप मंगलबार दिउँसो पौने २ बजे बुढ्ढा नजिकै दुर्घटना भएको हो ।
दुर्घटनामा जिपमा सवार ५ जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । जिपमा सवार अन्य ५ जना घाइते भएका छन् । उनीहरुलाई उपचारका लागि जिल्ला अस्पताल लगिएको छ ।
मृतक कसैको पनि सनाखत भएको छैन भने चालक फरार छन् ।
















