लिस्बन।

पोर्चुगलमा कोरोना भाइरस संक्रमणले ज्यान गुमाउनेको संख्या चार हजार नाघेको छ।
आज मात्रै कोरोनाक कारण ८५ जनाको मृत्यु भएसंगै हालसम्म कोरोना संक्रमणले ज्यान गुमाउनेको संख्या ४ हजार ५६ पुगेको छ। मृतकहरुमध्ये २ हजार ९५ जना पुरुष र १ हजार ९६१ जना महिला रहेका छन्।
हालसम्म कुल संक्रमितको संख्या २ लाख ६८ हजार ७२१ पुगेको स्वास्थ्य महानिर्देशनालयले जनाएको छ।
पोर्चुगलमा हाल ८० हजार ४३२ जना कोरोनाक सक्रिय बिरामी छन्।
चिन्ताजनक अवस्थामा रहेका ५०६ जनाको आइसियुमा उपचार भईरहेको छ।
















