सिएम, लिस्बन।

सिन्त्राको एक चर्चामा आगलागी भएको छ।
सिन्त्रा नगरपालिकाको कोलाराइडमा अवस्थित एक चर्चामा भएको आगलागी दुई दर्जन अग्नि नियन्त्रकहरुले नियन्त्रण गरेका थिए।
आगो निभाउन ५ दमकल प्रयोग गरिएको थियो।
आज दिउसो करिब ३ बजे भएको आगलागीमा कोही पनि हताहत नभएको प्रहरीले जनाएको छ।
















