सम्झना अधिकारी, लिस्बन।

आप्रवासी तथा सिमा निमायक अध्यागमन प्रहरी सेफको बिहिबार हुने भनिएको आम हड्ताल स्थगित भएको छ।
पूर्व सूचना दिदै सेफले अध्यागमनमा काम गर्ने कर्मचारीको अभाव भएकोले थप कर्मचारी भर्ना गर्न र कार्यक्षमता बढाउन सरकारसंग माग गर्दै ३ दिने आम हड्तालको आव्हान गरेको थियो। २२ अक्टोबर, २६ नोभेम्बर र १६ जनवरी २०२१ का लागि सेफले गरेको ३ दिने देशव्यापी हड्तालमध्ये २२ अक्टोबरको हड्तालले गर्दा धेरै आप्रवासी सेवाग्राहीहरू सेवा लिनबाट बन्चित भएका थिए।
सेफको हड्तालले लामो समयदेखि पोर्चुगलमा बैधानिक आवास अनुमति पाउन र आवास अनुमति नबिकरण गर्न कुरेर बसेका आप्रवासीहरु मारमा पर्दै आएका थिए।
आन्तरिक प्रशासन मन्त्रालयले सेफको युनियनले राखेका मागहरुको सुनुवाई गर्ने भएपछि बिहिबार हुने भनिएको सेफले पुर्व निर्धारित तालिका अनुसार आव्हान गरेको हड्ताल फिर्ता लिएको हो।
सेफको हड्ताल स्थगित भएसंगै बैधानिक आवास अनुमति पाउन र आवास अनुमति नबिकरणका लागि सो दिन अपोइण्ट्मेण्ट भएका आप्रवासी सेवाग्राहीहरु लाभान्वित हुनेछन।
















