पोर्चुगलमा स्वास्थ्य संकटकाल २३ डिसेम्बरसम्म थपियो, प्रधानमन्त्री कोस्ताले आज घोषणा गर्ने नयाँ नियमहरु जनवरी ७ सम्म लागु हुने !

लिस्बन।

पोर्चुगलका प्रधानमन्त्री एन्तोनियो कोस्ताले आज शनिबार स्वास्थ्य संकटकालका नयाँ उपायहरुको घोषणा गर्ने भएका छन्। कोरोना बिरुद्धको लडाइमा प्रधानमन्त्रीद्वारा घोषणा गरिने नयाँ कानुन १५ दिनका लागि मात्रै नभएर जनवरी ७ तारिखसम्म लागु हुने बताएका छन्।

उता राष्ट्रपति मार्सेलो रेबेलो दे सौसाले हिजै स्वास्थ्य संकटकालको अनुमोदन र घोषणा गरिसकेका छन्। पोर्चुगलमा स्वास्थ्यसंकटकाल डिसेम्बर २३ तारिखसम्मका लागि थपिएको छ।

अहिलेलाई स्वास्थ्य संकटकाल डिसेम्बर २३ सम्मका लागि मात्रै अनुमोदन भएको भएतापनि आज प्रधानमन्त्रीद्वारा जारि गरिने स्वास्थ्य संकटकालका कानुन भने जनवरी ७ , २०२१ सम्मका लागि लागु हुने प्रधानमन्त्री कोस्ताले बताएका छन्।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार