एनआरएन अध्यक्ष कुमार पन्तले किन बोले झुटो ?

लण्डन ।

विवाद नै विवादमा रुमलिएको गैरआवासीय नेपाली संघ अध्यक्ष कुमार पन्त नेतृत्वले अर्को बदनाम पूर्ण काम गरेको छ ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) को युरोप युवा संयोजक जय कृष्ण ठाकुरले गत जुन महिनामा एनआरएनमा गलत प्रबृत्ति हावी भएको भन्दै राजिनामा दिएका थिए ।

राजिनामा दिएको ठिक ६ महिना पछि संघको तर्फबाट अध्यक्ष कुमार पन्तले राजिनामा स्वीकृत गरिएको पत्र काटेका छन् । अध्यक्ष कुमार पन्तले सो पत्रमा संघको विधान अनुसार उनको राजिनामा स्वीकृत गरेको र ठाकुरले संघलाई तिर्नपर्ने शुल्क समेत नतिरेको उल्लेख छ ।

तर ठाकुरले संघलाई तिर्नपर्ने शुल्क तिरी सकेको प्रमाण सामाजिक संजालमा राखेपछि अध्यक्ष जस्तो मान्छेले यस्तो कच्चा कम गर्ने भन्दै चर्को आलोचन भएको छ ।

अध्यक्षले यस्तो हावादारी झुटो पत्र काटेर पदको दुरुपयोग र बदनाम गरेको एनआरएन अभियन्ताहरु बताउछन् ।

जय कृष्ण ठाकुर सन् २०१९ अक्टोवरमा काठमाण्डौं विश्वसम्मेलनबाट संघको युरोप क्षेत्रीय संयोजकमा निर्वाचित भएका थिए ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार