पोर्चुगलमा कोरोनाको संक्रमण दर ३२ प्रतिशतले घट्यो !

लिस्बन।

पोर्चुगलमा कोरोना संक्रमण दर ३२ प्रतिशतले घटेको स्वास्थ्य महानिर्देशनालयले जनाएको छ। कोरोना संक्रमणमा आएको यो कमि पछिल्लो २ हप्ताको तथ्यांक हो।

पछिल्लो १६ दिनदेखि पोर्चुगलमा कोरोना संक्रमित दरमा निरन्तर कमि आईरहेको छ। सरकारले कोरोना संक्रमणको दरको आधारमा उच्च जोखिम भएका नगरपालिकाहरुको सुची समेत हेरफेर गरेको छ।

पोर्चुगलमा २३ डिसेम्बरसम्मका लागि स्वास्थ्य संकटकाल लागु गरिएको छ , तर स्वास्थ्य संकटकालका परिवर्तित कानुनहरु भने ७ जनवरीसम्मका लागि लागु हुनेछन।
पोर्चुगल आंशिक लक्डाउनमा छ। कोरोना संक्रमण दरमा निरन्तर कमि आएतापनि युरोपमा लकडाउन नै नगरिएका वा जनजीवन खुकुलो भएका देशहरु जस्तै इटाली, बेलायत, फ्रान्स, स्पेन भन्दा पोर्चुगलको संक्रमित डर अझै पनि बढी छ।

पछिल्लो तथ्यांक अनुसार पोर्चुगलमा प्रत्येक एक लाखमा ५२३.८३ व्यक्ति नयाँ संक्रमित छन्। तर पोर्चुगलको तुलनामा इटालीमा प्रत्येक लाखमा ४४३.४४ जना , बेलायतमा ३३०.३३ जना , फ्रान्समा २३१.५६ जना र स्पेनमा २१८.०९ जना नयाँ संक्रमित फेला परेका छन्।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार