लण्डन।

८१ देशमा संजाल फैलिएको नेपाल बाहिर बस्ने नेपालीहरुको साझा संस्था भनिएको गैर आवासीय नेपाली संघ ( एनआरएनए ) को आधिकारिक ट्विटर फलोअर्स जम्मा ६ जना रहेका छन्। संघले ९ जनालाई ट्विटरमा फलो गरेको छ।

त्यस्तै ३० जुन, २०१४ मा खोलिएको संघको आधिकारिक फेसबुक पेजमा करिब ७ बर्षको अवधिमा १५, ७८२ फ़लोअर्स रहेका छन्।
पछिल्लो समयमा संघका अधिकांस एनसिसिहरुमा पदका लागि लुछाचुडी, झैँझगडा र आर्थिक हिनामिना हुन थालेपछि संघप्रति आम प्रवासी नेपालीहरुको रुचि घट्दो छ। त्यस्तै पछिल्लो समयमा संघ मानवतस्करहरुको टाउको लुकाउने सुरक्षित स्थान हुदै गएको छ, एनआरएनएन माल्टा त्यसको साक्षी उदाहरण हो।
संघका अधिकांस एनसिसिका पदाधिकारीहरु नै मारपिट, गुण्डागर्दी, ठगी र मानव तस्करीमा संलग्न हुदै आम श्रमिक नेपालीहरुमाथि ज्यादती बढ्दै गएपछि धेरै देशमा एनआरएनए बहिष्कार अभियान समेत शुरु भएका छन्।
बेलैमा सरोकारवाला निकाय र नेतृत्वको ध्यान यसतर्फा गएन भने संघ धारासायी हुने निश्चित छ।
गैर आवासिय नेपाली संघ ११ अक्टोबर २००३ मा स्थापना भएको हो।
















