प्रचण्ड पक्षले केन्द्रीय समितिको ‘आकस्मिक बैठक’ बोलायो, ओली पक्षले बहिष्कार गर्ने

काठमाडौं ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को केन्द्रीय समितिको आकस्मिक बैठक भोलि बोलाएको छ ।

कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भोलिका लागि बैठक बोलाएका हुन् । अर्का अध्यक्ष केपी शर्मा ओलीले संसद विघटन गरेपछि उत्पन्न राजनीतिक परिस्थितिबारे छलफल गर्न भोलि बैठक बोलाइएको हो ।

बैठक काठमाडौंको बबरमहलस्थित कार्की व्याङ्क्वेटमा दिनको १ बजेका लागि बोलाइएको केन्द्रीय कार्यालय सचिव श्रीराम ढकालले जनाएका छन् ।

प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेपछि ओली र प्रचण्ड पक्षको छुट्टाछुट्टै भेला र छलफल हुँदै आएका छन् ।

केन्द्रीय समितिका सबैलाई बैठकमा आउन भनिएपनि ओली पक्षधर केन्द्रीय समिति सदस्यहरुले भने बहिष्कार गर्ने भएका छन् । एक केन्द्रीय सदस्यले भने, ‘प्रचण्डले बोलाएको बैठकमा हामी जाँदैनौं ।’

बैठकमा उपस्थित हुनका लागि डाकिएको सूचना यस्तो छ–

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय समितिको आकस्मिक बैठक भोलि २०७७ पौष ७ गते १ः०० बजे कार्की व्याङ्केट, बबरमहल, काठमाडौंमा हुने भएकाले उपस्थितिको लागि अनुरोध छ । – श्रीराम ढकाल, सचिव, केन्द्रीय कार्यालय

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार