टिक-टक बनाउने क्रममा झोलुङ्गे पुलबाट खसेर गम्भीर घाइते भएका युवकको मृत्यु

दाङ ।

दाङमा टिकटक बनाउने क्रममा झोलुङ्गे पुलबाट खसेर गम्भीर घाइते भएका युवकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका वडा नं. १९ बिजौरी निवासी २४ वर्षीय रमेश थापा रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी शिवबहादुर सिंहले जानकारी दिनुभयो ।

उपचारकाक्रममा कोहलपुर मेडिकल कलेजमा आज बिहान मृत्यु भएको हो ।

शनिबार बबई गाउँपालिका वडा नं. ५ हापुरे स्थित पुरन्धारा छहरा नजिक बबई नदिमा रहेको झोलुङ्गे पुलबाट टिक-टक बनाउने क्रममा उनि खसेका थिए ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार