काठमाडौं ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभा विघटनका विरुद्ध कांग्रेस एकमतका साथ उभिएको बताएका छन्।
पुष १३ गते आयोजना गरिएको देशव्यापी प्रदर्शनमा सहभागी हुन पनि उनले अपिल गरेका छन ।
आज (शनिबार) एक विज्ञप्ती जारी गर्दै सभापति देउवाले यस्तो अपिल गरेका हुन् । सभापति देउवाले सोमवार १६५ निर्वाचन क्षेत्रमा हुने विरोध प्रदर्शनमा सहभागी हुन अपिल गरेका छन् ।
देउवाले विज्ञप्तिमार्फत प्रतिनिधिसभा विघटन विरुद्धको प्रदर्शनमा सहभागिताका लागि आह्वान गरेका हुन् ।
हेरौं देउवाले जारी गरेको विज्ञप्ती :

















