कोरोनाका कारण सेफको अनलाइन प्रणालीको तेश्रो चरणमा ३७ हजार आप्रवासीका रेसिडेन्सी नबिकरण गरिने !

लिस्बन।

कोरोना संक्रमणका कारण पोर्चुगलको आप्रवासी तथा सिमा सेवा हेर्ने निकाय ( सेफ ) ले अवलम्बन गरेको आप्रवासी आवास अनुमति पत्र ( रेसिडेन्सी कार्ड ) को अनलाइन अटोमेटिक नबिकरण पद्धतिको तेश्रो चरणमा ३७ हजार रेसिडेन्सीहरु नबिकरण गरिने जनाएको छ।

१ जनवरी २०२१ देखि ३१ मार्च २०२१ को बिचमा ३७ हजार बढी आप्रवासीका आवास अनुमति अटोमेटिक अनलाइन पद्धतिद्वारा नबिकरण गरिनेछन्।

यसअघि पछिल्लो ६ महिनामा ७३ हजार २०० आप्रवासीका आवास अनुमति सेफले अनलाइन मार्फत नबिकरण सम्पन्न गरिसकेको छ।

पोर्चुगलमा कोरोनाको महामारीसंगै आप्रवासीहरुका आवास अनुमति नबिकरण समस्या समाधान गर्न र कोरोनाको जोखिम कम गर्न जुलाईबाट सेफको पोर्टल मार्फत अटोमेटिक आवास अनुमति नबिकरण प्रक्रिया शुरु गरेको थियो। यो प्रक्रियासंगै आप्रवासीहरुले सेफको कार्यालयमा उपस्थित नभई अनलाइन प्रक्रियाद्वारा आफ्नो आवास अनुमति सजिलै नबिकरण गर्न सक्छन।

सेफले पहिलो र दोश्रो चरणमा अनलाइन प्रक्रियाद्वारा आप्रवासीहरुको आवास अनुमति नबिकरण सम्पन्न गरिसकेको छ। अनलाइन प्रक्रियाद्वारा तेश्रो चरणमा आप्रवासीहरुको आवास अनुमति नबिकरण १ जनवरी २०२१ देखि ३१ मार्च २०२१ सम्म गर्ने सेफले जनाएको छ।

सेफले अनलाइनद्वारा आप्रवासीहरुको आवास अनुमति नबिकरण सेवा २२ मे, २०२० मा परिवर्तित कानुनको अर्डर नम्बर ५७९३ – ए / २०२० अनुसार प्रदान गरेको हो।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार