लिस्बन।

कोरोना भाईरस बिरुद्धको लडाईमा पोर्चुगललाई जर्मनी र स्पेन सहयोग गर्न तयार भएका छन्।
जर्मनी र स्पेनले पोर्चुगलबाट बिरामी लगेर उपचार गर्न वा आफ्ना मेडिकल टोलीलाई पोर्चुगलमा पठाएर सहयोग गर्न तयार भएको जनाएको छ।
यसघि लक्जम्बर्ग पनि पोर्चुगलबाट बिरामी लगेर उपचार गर्न तयार भएको जनाएको छ।
पोर्चुगलमा कोरोना संक्रमितको संख्यामा दैनिक रुपमा वृद्धि भएसंगै यहाका अधिकांस अस्पतालहरु बिरामीले भरिभराउ भएका छन्।
यता पोर्चुगल सरकारले पनि पोर्चुगलबाट उपचारका लागि कोरोनाका बिरामी अन्य देशमा लैजाने संयन्त्र तयार गरिसकेको जनाएको छ।
















