लिस्वन ।

पोर्चुगलमा पछिल्लो २४ घण्टामा ५ हजार ८०५ जनामा मात्रै संक्रमित फेला परेका छन्। सोहि समयमा २७५ जनाले ज्यान गुमाएका छन् ।
पछिल्लो २ सातादेखि पोर्चुगलमा दैनिक १५ हजारको हाराहारीमा संक्रमित फेला पर्ने र ३०० को हाराहारीमा मृत्यु डर रहेको थियो। तर आइतबार भने एकाएक संक्रमितको संख्यमा भारी गिरावट आएतापनि मृत्युदर भने घटना सकेको छैन।
पोर्चुगल सरकारले आगामी १४ फेब्रुअरीसम्मका लागि मुलुकभित्र स्वास्थ्य संकटकाल लगाएको छ ।
पोर्चुगलमा अहिलेसम्म सात लाख २६ हजार ३२१ जनामा संक्रमण भएको छ भने तिमध्ये पाँच लाख ३४ हजार ३८४ जना उपचारपछि घर फर्किएका छन् ।
पछिल्लो २४ घण्टामा मात्रै सात हजार ९७३ जना उपचारपछि घर फर्किएका छन् ।
स्वास्थ्य महानिर्देशनालयको तथ्यांकअनुसार पोर्चुगलका विभिन्न अस्पतालमा ८६५ संंक्रमित जीवनसंग संघर्ष गरिरहेका छन् ।
















